०५ साउन २०८३, मंगलबार

हिजो जनकपुरमा १० हजारलाई प्रवेश गराएँ, चुनावमा एमालेले विश्वले नचिताएको नतिजा ल्याउन सक्छ– ओली

हिजो जनकपुरमा १० हजारलाई प्रवेश गराएँ, चुनावमा एमालेले विश्वले नचिताएको नतिजा ल्याउन सक्छ– ओली
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई महिना मेहनत गरे चुनावमा एमालेले विश्वले नचिताएको नतिजा ल्याउने दावी गरेका छन् । 

एमालेको पक्षमा व्यापक जनलहर सिर्जना भएको उनको भनाइ थियो । 

नेपाल लोकतान्त्रिक तमु संघको सम्मेलनलाई आइतवार पोखरामा सम्बोधन गर्दै ओलीले मंसिरको चुनावमा एमालेले बहुमत ल्याउने दावी गरेका हुन् ।

‘हिजो जनकपुरको एउटा निर्वाचन क्षेत्रमा १० हजारलाई पार्टी प्रवेश गराएँ । असोज ८ गते अर्को निर्वाचन क्षेत्रमा प्रवेश गराउन जाँदैछु,’ ओलीले भने, ‘एमाले प्रवेशको लहर छ, यस लहरलाई राष्ट्रिय लहरको रुपमा अगाडि बढाउनु पर्दछ । यसो गरे बहुमत ल्याउन सकिन्छ ।’

ओलीले एमालेको पक्षमा जनलहर सिर्जना भएको र विश्वले नचिताएको नतिजा चुनावमा ल्याउने दावी गरे ।

‘राष्ट्रिय रुपमा मात्र होइन विश्वले नचिताएको नतिजा एमालेले ल्याउन सक्छ, जनता जागेपछि कसैको केही लाग्दैन । एमालेको पक्षमा जनलहरको तुफान सिर्जना गर्नुछ,’ ओलीले भने ।

ओलीले एमालेलाई विभाजन गरेर माधव नेपाल कांगेसेसँग चुनावी तालमेल गर्न गएको भन्दै आक्रोश पोखे ।  
 

salt training

कमेन्ट गर्नुहोस्