२६ जेठ २०८३, मंगलबार

पुटिनलाई कम आँक्न नहुने अमेरिकाको भनाइ

भदौ २९, २०७९
पुटिनलाई कम आँक्न नहुने अमेरिकाको भनाइ

युक्रेनी सेनाले खार्कोभमा पाइरहेको सफलतामा उत्साहित भए पनि एक अमेरिकी अधिकारीले रुसी सेनाको क्षमतालाई कम आँक्न नमिल्ने बताएका छन् । 

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले पत्रकारहरूसँग मंगलवार कुरा गरेका हुन् । उनले भने, ‘युक्रेनमा समस्या बेहोरिरहेको भए पनि रुसी सेना अहिले पनि विशाल र शक्तिशाली छ । राष्ट्रपति भ्लादिमिर पुटिनसँग विशाल सैन्य क्षमता बाँकी नै छ । त्यसको उपयोग उनले युक्रेनमा मात्र नभई अन्त पनि गर्न सक्छन् ।’

युक्रेनी सैनिकहरू गत सातादेखिको कारवाहीमा खार्कोभ क्षेत्रको उत्तरी र पूर्वी भागमा अघि बढ्न सफल भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले २ हजार वर्गकिलोमिटर क्षेत्र रुसबाट खोसिसकेको बताएका छन् । मस्कोले रणनीतिक रूपमा महत्त्वपूर्ण इज्युम शहरबाट आफ्ना सेनालाई डोनबासमा सारेको जानकारी दिएको छ । 

यसअघि एबीसी टीभीको गूड मर्निङ अमेरिका कार्यक्रममा कर्बीले अहिलेकै गतिमा युक्रेनले कारवाही अघि बढाउने विषयमा आत्मविश्वास व्यक्त गरे । उनीहरूले प्रत्याक्रमण कारवाहीका लागि निकै ध्यानपूर्वक योजना बनाएको कर्बीको भनाइ छ । 

द न्युयोर्क टाइम्स पत्रिकाका अनुसार, बेलायती र अमेरिकी सैन्य अधिकारीहरूले युक्रेनी सेनासँग मिलेर प्रत्याक्रमणको योजना बनाएका हुन् । किएभमा रहेका अमेरिकाका नयाँ डिफेन्स अट्याशे ब्रिगेडियर जनरल ग्यारिक हार्मोनले प्रत्याक्रमणअघि युक्रेनका शीर्ष अधिकारीहरूसँग दैनिक छलफल गरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्