२३ असार २०८३, मंगलबार

चर्को घामबाट यसरी जोगाउनुस् छाला

भदौ २९, २०७९
चर्को घामबाट यसरी जोगाउनुस् छाला

आफ्नो शरीर वा शरीरको छालालाई सूर्यको किरणबाट जोगाउनका निम्ति सबैभन्दा राम्रो तरिया भनेको सनस्क्रीन लगाउनु हो । 

तसर्थ घरबाट बाहिर निस्कनुभन्दा आधा घन्टा पहिले आफ्नो शरीरमा सनस्क्रीन लगाउन नभुल्नुहोस् । 

घरबाट बाहिर जाँदा मात्रै हैन, घरभित्र पनि मोस्चराइजर्स गर्ने र सनस्क्रीन लगाउने बानी बसाल्नुहोस् । यसले चर्को घामबाट हुने जलनको प्रभावबाट सुरक्षा दिन्छ । छाला डढ्ने, फुट्ने समस्याबाट सनस्क्रीनको प्रयोगले बचाउँछ । 

अनुहार र शरीरमा कम्तिमा पनि ३० एसपीएफ सनस्क्रीन लगाउन चिकित्सकहरूले सुझाउने गरेका छन् । 

घामबाट बच्नका लागि शरीर पूरै ढाक्ने कपडा लगाउनुहोस् । यसले सूर्यको किरण शरीरमा पर्नबाट रोक्छ । 

सूर्यको चर्को किरणका कारण टाउको दुख्ने समस्या हुने गर्दछ । यसबाट बच्न अनिवार्य क्याप टोपी, ह्याट वा अन्य कुनै पनि प्रकारण्को टोपी लगाउन सकिन्छ । 

भिटामिन डीयुक्त खाना खाएमा पनि चर्को घामबाट शरीरमा हुने प्रभाव कम गर्न सकिन्छ । 

चर्को घामका कारण ओठ पनि फुट्ने समस्या हुन सक्छ । जसकारण समय सयममा ओडमा लीप बाम लगाइरहनु पर्दछ । 

घामबाट बच्नका निम्ति अर्को उपाय भनेको छाता ओढ्नु हो । यसको प्रयोगले अन्य सामानको प्रयोगमा जस्तो साइड इफेक्टको जोखिम रहँदैन । 
 

salt training

कमेन्ट गर्नुहोस्