काठमाडौं १८ साउन– कर्मचारी सञ्चय कोषले विभिन्न पदमा आवेदन माग गरेको छ ।
कोषले बुधवार सूचना प्रकाशित गरी विभिन्न २८ पदका लागि दरखास्त आह्वान गरेको हो । शाखा अधिकृत खुल्ला २ महिला र आदिवासी जनजातीमा एक एक जना माग गरेको छ । यस्तै कानून अधिकृतमा एक जना माग गरेको छ ।

प्रमुख सहायक पाँच तहमा २३ जना माग गरेको छ । १३ जना खुल्ला, ३ जना महिला, तीनजना आदिवासी जनजाती मधेशी २, दलित १ र पिछडिएको क्षेत्रको १ जनाको लागि भदौ १५ गतेसम्म दरखास्त दिन सकिने कोषले जनाएको छ ।