२५ जेठ २०८३, सोमबार

सोनामको चाडपर्व लक्षित अफर : पोसाक खरिदमा ७० प्रतिशतसम्म छुट

सोनामको चाडपर्व लक्षित अफर : पोसाक खरिदमा ७० प्रतिशतसम्म छुट

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ ।

भाद्र २५ गतेदेखि असोज १४ गते सम्म यस योजना लागु हुने कम्पनीले जनाएको छ ।

यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । 

यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । 

विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ ।

सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । 

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनमका सोरुम छन् । 

साथै बुटवलमा यसै दशैभन्दा पहिला सोनमका सोरुम सञ्चालनमा आउँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्