काठमाडौं, १८ साउन – निर्वाचन आयोगले संयुक्त चुनाव चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लड्न चाहाने दलहरुलाई आवेदन दिन आग्रह गरेको छ ।
गत असार मसान्तसम्म निर्वाचन आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि संयुक्त रुपमा दल दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार संयुक्त चुनाव चिन्ह लिएर चुनाव लड्न चाहाने दलले भदौ ११ गते सम्म निर्वाचन आयोगमा आवेदन दिन सक्ने छन् ।
