
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाबाट राजधानी काठमाडौं आएर बसोबास गर्ने नेकपा एमाले समर्थक नेता–कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ ।
सोलुखुम्बु जिल्ला इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा बुधबार चाबहिलमा सम्पन्न भेलाले बसन्त कुलुङको अध्यक्षतामा २३ सदस्यीय महाकुलुङ–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ ।
समितिका उपाध्यक्षमा ठुले बहादुर राई (छिरी) र सुष्मिता कुलुङ, सचिवमा कबिन्द्र कुलुङ, उप–सचिवद्वयमा लाखधन कुलुङ र दिवस कुलुङ तथा कोषाध्यक्षमा मोहन कुलुङ रहेको सोलु–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नन्दराज बास्तोलाले बताए ।
भेलामा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, एमाले प्रदेश–१ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सांसद उत्तमकुमार बस्नेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, नेकपा एमाले १ नं प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती, जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, उपाध्यक्ष हर्कबहादुर राई, सचिब आशकुमार राई ‘शिशिर’ र जिल्ला कमिटी सदस्यद्वय भक्त राई र आङबाबु राई पनि कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी भएकाहरूले मंसिर ४ मा हुने निर्वाचनमा जसले टिकट पाए पनि जिताउन उत्साहपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।