सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक परेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्री केपी ओलीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, "काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भएपनि संविधान जोगाउन मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाचनपछि थप दल पनि एकतामा आउनेछन्।"
एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । ओली घमण्ड , कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए ।