१७ असार २०८३, बुधबार

‘अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ’

‘अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ’

पूर्वन्यायाधीश फोरम नेपालले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग सिफारिस समितिले समय अभावका कारणले अन्तिम निष्कर्षमा पु¥याउन नसके आगामी निर्वाचनपछि बन्ने संसद्ले स्वामित्व ग्रहण गरि छानविन गर्नसक्ने बताए । 

उनले निलम्बित प्रधानन्यायधीश राणाको महाअभियोगका सम्बन्धमा हतारमा महाअभियोग सिफारिस समितिले संसद्मा प्रतिवेदन पेस गर्नुभन्दा संवैधानिकअनुसार अर्को संसद्ले अन्तिम छानविन गर्न दिनुपर्ने भनाइ राखे। 


 

कमेन्ट गर्नुहोस्