०९ साउन २०८३, शनिबार

किन स्थगित भयो टी–२० लिग ?

किन स्थगित भयो टी–२० लिग ?

असोज ८ गतेदेखि हुने तय भएको टी–२० क्रिकेट लिग स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) पूर्व निर्धारित लिग स्थगित गरेर मंसिर ११ देखि पुस ११ गतेसम्म गर्न नयाँ मिति प्रस्ताव गरेको छ । 

क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयको पत्रका आधारमा लिग स्थगित गरिएको उल्लेख छ ।  मन्त्रालयले मंसिर चार गते हुने प्रदेश र केन्द्रको निर्वाचनाका विभिन्न कार्यक्रम हुने भएकाले त्यस समय खेलाडीहरु बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा दिन कठिन हुने भन्दै निर्वाचनपछि प्रतियोगिता गर्न आग्रह गरेपछि लिग स्थगित गरिएको क्यानले जनाएको छ ।

क्यानले प्रतियोगितामा विदेशी खेलाडी आउने भएकाले उनीहरुको सुरक्षा महत्वपूर्ण रहेको गृह मन्त्रालयको आग्रह स्वीकार गर्दै प्रतियोगिता सार्ने निर्णय गरेको जनाएको छ ।

 नेपाल टी २० को पहिलो संस्करणमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स्, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र काठमाडौं गोर्खाज गरी ६ टिम सहभागी हुने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्