
भोपालको एक स्थानीय अदालतले एक शेविङ क्रिमको विज्ञापनलाई लिएर फिल्म अभिनेता शाहरुख खानलाई लिखित जवाफ पेश गर्ने आदेश दिएको छ ।
विशेष न्यायाधीश काशीनाथ सिंहले सोमबार एक आरोपपत्रको सुनुवाई गर्दै शाहरुख खानसहित चार प्रतिवादीमाथि सूचना जारी गरेका हुन् ।
यी सवैलाई २६ अगस्टमा अदालतमा आफ्नो जवाफ दर्ता गर्न आदेश दिइएको छ ।
याचिका दर्ता गर्ने अधिवक्ता राजकुमार पाण्डेले आफ्नो याचिकामा शाहरुखले शेविंग क्रिमको विज्ञापनमा भनेका कुरा झुटा र भ्रम पूर्ण रहेको दाबी गरेका छन् ।
विज्ञापनमा शाहरुले यो क्रिम देशनको एक नम्बर क्रिम भएको भन्दै भ्रम छर्न खोजेको पाण्डेको आरोप छ ।
लोक उपयोगी सेवा अन्तर्गत लोक अदालतका न्यायाधीश काशीनाथ सिंहसमक्ष पाण्डेले दर्ता गरेको आरोप पत्रमा यस क्रिम लगाएका कारण उनको -पाण्डे)को अनुहारको छाला गएको थियो । जसको उपचार उनले सरकारी अस्पतालमा उपचार गराएका थिए । मध्यप्रदेशको फूड एण्ड ड्रग्स विभागमा आफूले उक्त क्रिम जाँच गराउँदा निकै खराब नजिता आएको भन्दै शाहरुले विज्ञापनमा भनेजस्तो एक नम्बरको नभएको बताए ।
शाहरुख खान पछिल्ला दिन ‘हेरी मेट सेजल’ को प्रमोशनमा लागेका छन् उनको यो फिल्म ४ अगस्टमा रिलिज हुँदैछ ।