२३ जेठ २०८३, शनिबार

बेलायती महारानीको शवको सुरक्षा गरिरहेका गार्ड बेहोश भएर ढलेपछि... (भिडियो)

भदौ ३०, २०७९
बेलायती महारानीको शवको सुरक्षा गरिरहेका गार्ड बेहोश भएर ढलेपछि... (भिडियो)

लन्डनको वेस्टमिन्स्टर हलमा बेलायतकी दिवंगत महारानी एलिजाबेथको शव राखिएको कफिनको सुरक्षामा खटिएका एक गार्ड बेहोश भएर ढलेका छन् । 

ती गार्ड हल्लिएर एकपटक मञ्चबाट हलुका लडेका थिए । तर उनले आफूलाई जसोतसो सम्हाले अनि उभिइरहे । केहीबेर उभिएपछि उनी अगाडिपट्टि पछारिए ।

उनी भुइँमा लडेपछि दुई प्रहरी अधिकृत उनलाई उठाउनका लागि दौडिए । उनलाई अस्पताल लगिएपछि उनको ठाउँमा अर्का व्यक्तिलाई गार्ड ड्युटीमा लगाइयो । 

अहिले शाही अंगरक्षक र शाही सैन्य इकाइहरूले कफिनको सुरक्षा दिइरहेका छन् । प्रत्येक गार्डले ६ घन्टाको ड्युटी गरिरहेका छन् । 

महारानी एलिजाबेथको शवमा श्रद्धाञ्जलि अर्पण गर्नका लागि सर्वसाधारणलाई अझै केही दिन मौका दिइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्