०५ साउन २०८३, मंगलबार

वीर अस्पतालले काठमाडौं महानगरपालिकालाई घरबहाल कर तिर्ने

वीर अस्पतालले काठमाडौं महानगरपालिकालाई घरबहाल कर तिर्ने

वीर अस्पतालले घरबहाल करको रकम काठमाडौं महानगरपालिकालाई तिर्ने भएको छ । यसअघि केन्द्र सरकारलाई कर तिर्दै आएको अस्पतालले चालु आर्थिक वर्षको साउन १ गतेदेखि महानगरपालिकालाई तिर्ने भएको हो । 

अस्पतालले महानगरपालिकालाई पत्राचार गर्दै यसबारे जानकारी दिएको हो । पत्रमा केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेलमार्फत ०७९ आषाढ मसान्तसम्मको सम्पूर्ण रकम जम्मा गरिसकिएको र यस आवको साउन १ देखि प्राप्त हुने रकम महानगरमा जम्मा गर्ने उल्लेख छ । महानगरपालिकाले आफ्नो क्षेत्राधिकार रहेको भन्दै घरबहाल करका लागि यसअघि पत्र काटेको थियो । 
 

कमेन्ट गर्नुहोस्