
नेपालगञ्जमा ब्लड बैंकको आफ्नै सुविधा सम्पन्न भवन बन्ने भएको छ । भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु तीन करोड विनियोजन गरिसकेको छ । बाँकेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले आज ब्लड बैंक भवनको शिलान्यास गरे ।
भेरी अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जानकारी दिएको छ । विनियोजित बजेटमध्ये रु पाँच लाख नक्सा र डिपीआरका लागि खर्च गरिने छ । रु दुई करोड ९५ लाख भवन निर्माणमा खर्चिने भएको जनाइएकोे छ ।
मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयानुसार नेपालगञ्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।