२५ जेठ २०८३, सोमबार

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा

नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ ।

 शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुव्र्यवहार गरेका थिए । महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्तो पवित्रस्थललाई आफ्नो राजनैतिक क्रिडास्थल नबनाउन र समग्र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा कायम राख्न आग्रह गरेका छन् ।

     विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई कडा कारबाही र विद्यालयमा भयमुक्त वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्