
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा पहिलो जीत निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीवार राति एफसी सेरिफलाई २-० गोल अन्तरले हराउँदै युनाइटेडले पहिलो जीत निकालेको हो ।
युनाइटेडलाई जीत दिलाउन जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै युनाइटेडलाई २-० को जीत दिलाए ।
रोनाल्डोको यो सिजनको पहिलो गोल हो । यस्तै उनको यो पहिलो युरोपा लिग गोल हो ।
यस जीतसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ ।
समूह 'ई' को युनाइटेड दोस्रो स्थानमा रहेको छ ।
सेरिफ २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।