
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक र राम्रो कामका लागि भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई स्याबासी तथा धन्यवाद दिएका छन् ।
अध्यक्ष थापाले शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गरेका छन् ।
उनले भनेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’
स्याबास बालेन! स्याबास सुनिता!
— Kamal Thapa (@KTnepal) September 16, 2022
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि @ShahBalen @SunitaDangol10 लाई धन्यवाद
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना pic.twitter.com/ctetHU8dWo