०८ साउन २०८३, शुक्रबार

आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सबैलाको टोलीले मनोजलाई ३६ वर्षीया आफ्नै आमा सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रवार बिहान पक्राउ गरेको हो ।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य शुरू गरिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्