
काठमाडौंको नयाँ बानेश्वर चोकमा नक्सापासविपरीत बनेको संरचनामा महानगरले डोजर चलाएको छ । संसद् भवनको पश्चिमपट्टी रहेको सूर्य–उजेली भवनमा रहेको बेसमेण्टमा महानगरले डोजर चलाएको हो ।
पार्किङ भनेर नक्सा पास गरिए पनि पसल राखेको पाइएपछि महानगरले भत्काउन शुरु गरेको छ । त्यसक्रममा घरधनी र महानगर प्रहरीबीच भनाभन भएको थियो । पसलमा रहेका सामान हटाएर बेसमेण्ट भत्काउने सहमति भएको छ ।
बालेन साह मेयर निर्वाचित भएर आएपछि महानगरले अनधिकृत संरचना हटाउने अभियान शुरु गरेको छ ।








