
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक शुरु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्य दलसँग गरिने तालमेल तथा समानुपातिक उम्मेदवारको सूची निर्माण गर्ने विषयमा छलफल गर्न बैठक बसेको हो ।
लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा शुरू भएको बैठकमा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू सहभागी छन् । लोसपाले आगामी निर्वाचनका लागि सत्तारुढ गठबन्धनसँग तालमेलको प्रयास गरेको थियो । तर, पछिल्लो समय लोसपा नेताहरू नेकपा एमालेसँग पनि तालमेलका बारेमा सम्वादमा रहेका छन् ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फका उम्मेदवारको सूचीका बारेमा पनि छलफल गर्ने एक नेताले बताए । निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनका लागि असोज २ र ३ गतेका समय दिएको छ । दलहरू समानुपातिक उम्मेदवारको बन्द सूची बनाउन लागिपरेका छन् ।