०८ असार २०८३, सोमबार

‘परदेशी २’सँग भिड्ने भयो साम्राज्ञी अभिनित फिल्म ‘लण्डन टु पेरिस’

‘परदेशी २’सँग भिड्ने भयो साम्राज्ञी अभिनित फिल्म ‘लण्डन टु पेरिस’

फिल्म प्रदर्शनका लागि मिति पाउन यतिबेला निर्मातालाई हम्मेहम्मे छ । 

फागुनसम्मकै लागि फिल्महरु पाइपलाइनमा छन् ।

कतिपय मितिमा दुई/तीनवटा फिल्मले प्रदर्शन मिति तोकेका छन् ।

सिंगल प्रदर्शनको अवसर बिरलै फिल्मलाई मात्र मिल्ने देखिएको छ ।

यसैबीच, घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ले प्रदर्शन मिति घोषणा गरेको छ । 

यो फिल्मले फागुन ५ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको हो । 

उक्त मितिका लागि यसअघि नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ले प्रदर्शन मिति घोषणा गरेको थियो । 

अब भने, ‘परदेशी २’ र ‘लण्डन टु पेरिस’ एकैदिन प्रदर्शनमा आउने भएका हुन् । 

एबी इन्टरनेसनलले निर्माण गरेको फिल्म ‘लन्डन टु पेरिस’ बेलायत र फ्रान्समा छायांकन गरिएको हो । 

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, कबिर खड्का, निश्चल खड्का, मनिष श्रेष्ठलगायत कलाकारको अभिनय छ । 

फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

‘परदेशी २’मा भने प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलिप रायमाझी, वर्षा शिवाकोटी लगायतको अभिनय छ ।


 

salt training

कमेन्ट गर्नुहोस्