०४ असार २०८३, बिहीबार

संसदमा धनराजको प्रश्न, देश माफियाले चलाउने हो ?

कात्तिक २०, २०७४
संसदमा धनराजको प्रश्न, देश माफियाले चलाउने हो ?

काठमाडौं १८ साउन– नेपाली कांग्रेसका सांसद् धनराज गुरुङले मुलुकमा भएका ठूला भ्रष्टाचार काण्डको छानबिनका लागि संसद्ले पहल गर्नुपर्ने माग गरेका छन् । राज्यका अन्य निकाय आँखामा पट्टी बाँधेर बसेकोले संसद् तमासे भएर बस्न नहुने उनको भनाइ थियो ।

व्यवस्थापिका संसद्को बुधवार बसेको बैठकको विशेष समयमा गुरुङले मुलुकलाई भ्रष्टहरुले चुसेर ख्याउटे बनाइसकेको भन्दै भ्रष्टाचार काण्डको छानविन गर्नुपर्ने बताएका हुन् ।

नक्कली भ्याटबिल काण्डको ढाकछोप गरिएको उदाहरण दिँदै कर फर्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत राजनीतिक पार्टीको पछ्यौरीले मुख छोपेर कहाँ गए ? भन्दै उनले सदनमा प्रश्न गरे ।

‘पानामा पेपर्समा मुछिएका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पदच्युत भए, १३ नेपाली व्यापारीको बारेमा कुनै छानविन हुदैन ?’ उनले प्रश्न गरे ।

सांसद गुरुङले बुढिगण्डकी आयोजना निर्माणको जिम्मा कालोसूचीमा परेको चीनीया कम्पनीलाई दिने निर्णय जालझेल र कमिसनको खेल भएको उनले बताए ।

‘सत्तापक्ष र प्रतिपक्ष तै चुप मै चुप छन, काले काले मिलेर खाउ भाले भएकै हो ?’ उनले पश्न गरे, ‘मुलुक माफियाले चलाउने हो ? संसद तमासे बनेर बस्नु हुन्छ ?’

salt training

कमेन्ट गर्नुहोस्