१५ असार २०८३, सोमबार

२०८१ मंसिरसम्ममा नबन्ने भयो काठमाडौं–तराई द्रुतमार्ग

२०८१ मंसिरसम्ममा नबन्ने भयो काठमाडौं–तराई द्रुतमार्ग

नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्धारित समयावधिभित्र निर्माण सम्पन्न नहुने बताएको छ । विभिन्न कारणले आयोजना निर्माण कार्य प्रभावित भइरहेको भन्दै सेनाले २०८१ साल मंसिरभित्रमा सम्पन्न हुने सम्भावना नदेखिएको बताएको हो । 

आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले जग्गा विवाद, अदालतमा विभिन्न व्यक्ति तथा संस्थाले दर्ता गरेको मुद्दा, विभिन्न समितिले गरेको अवरोधलगायतले आयोजनाको काम प्रभावित भइरहेको बताए । द्रुत मार्ग आयोजनाको प्रगतिबारे जानकारी दिन शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानूनी अन्योलता र अन्य विविध कारणले आयोजना सम्पन्न हुने मिति पर धकेलिनसक्ने संकेत देखिएको बताए । यद्यपि, सेनाले ति सबै असहज परिस्थितिलाई सामना गर्दै आयोजनाको काम तीव्र गतिमा अगाडि बढाइरहेको उनले बताए । 

राष्ट्रिय गौरबको आयोजना मध्येको एक द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । उक्त आयोजना २०८१ मंसिरसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्