२२ जेठ २०८३, शुक्रबार

एमालेको सचिवालय बैठक शनिबार, समानुपातिक सूचीबारे छलफल हुने

एमालेको सचिवालय बैठक शनिबार, समानुपातिक सूचीबारे छलफल हुने

नेकपा एमाले शनिबारका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सूची तय गर्नेबारे छलफल हुने बताइएको छ । 

असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले सोअघि नै सूची तयार गर्नुपर्ने दवाव एमालेमाथि छ । यस्तै अन्य दलहरु पनि समानुपातिकको सूची तय गर्न व्यस्त छन् । 

salt training

कमेन्ट गर्नुहोस्