०८ असार २०८३, सोमबार

एलिजाबेथ द्वितीयको अत्येष्टिमा सहभागी हुन मन्त्री खड्का शनिबार बेलायत जाने

एलिजाबेथ द्वितीयको अत्येष्टिमा सहभागी हुन मन्त्री खड्का शनिबार बेलायत जाने

परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

बेलायतको राजधानी लन्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछन् । मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्