२४ जेठ २०८३, आइतबार

उम्मेदवार चयन गर्न रवि लामिछानेको पार्टीले थाल्यो ‘प्रारम्भिक निर्वाचन’

उम्मेदवार चयन गर्न रवि लामिछानेको पार्टीले थाल्यो ‘प्रारम्भिक निर्वाचन’

उम्मेदवार चयन गर्न रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचन थालेको छ । इतिहासमा  पहिलो आफ्नो दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन थालेको सभापति लामिछानेले जानकारी दिए ।  प्रारम्भिक निर्वाचनबाट लोकप्रिय हुने व्यक्ति समानुपातिक उम्मेदवार बन्न सक्नेछन् । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई बलियो बनाउन आएको उल्लेख गर्दै भनेका छन्, ‘हामी पार्टीभित्रबाट नै लोकतन्त्रको अभ्यास गर्नु पर्छ भन्ने विश्वास गर्छौँ । हामी पार्टीका उम्मेदवारको छनौट पनि खल्तिबाट होइन, जनमतबाटै हुनु पर्छ भन्ने विश्वास गर्छौँ । यसका लागि हामीले नेपालमा खुल्ला प्रारम्भिक निर्वाचनको अवधारणा अपनाएका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय समानुपातिकको बन्दसूचि खुल्ला प्रारम्भिक निर्वाचनमार्फत गर्दैछौँ ।’
 
आफ्नो पार्टीले गरे झैँ प्रारम्भिक निर्वाचन अब मुलुकका हरेक पार्टीले प्रयोग गर्नु पर्ने अवस्थाको सिर्जना हुन सक्ने उनको भनाइ छ ।  उनले उम्मेदवार चयनका लागि भोटिङ शुरु भैसकेको र शनिबार मध्यराति सम्म भोट गर्न सकिने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्