

ओइली स्किनको सबैभन्दा ठूलो समस्या हो कि, यस्तो स्किनमा पिम्पल्स धेरै छिटो आउँछन् । जसले गर्दा कयौं पटक अनुहारको मेकअप त बिग्रिन्छ नै, प्राकृतिक सौन्दर्यतामा पनि ह्रास आउँछ । यदि तपाईको त्वचा पनि ओइली छ भने पहिले यी ५ कुरामा ध्यान दिनुहोस्ः
१. ओइली स्किनलाई सफा गर्न कागती र बेसार (हलेदो)युक्त क्लिन्जर प्रयोग गर्नुहोस् । यसले तेललाई कम गर्छ । काचो दूधमा कागतीको रस मिसाएर पनि त्वचा सफा गर्न सकिन्छ ।
२. यस्तो प्रकारको त्वचामा टोनर प्रयोग गर्नु सधैं फाइदाजनक हुन्छ । यसले आइली त्वचामा तेलको सन्तुलन कायम गरेर राख्छ ।
३. त्वचामा पिम्पल्स छ भने मेकअप गर्नुभन्दा पहिले पिम्पल करेक्टर किट प्रयोग गर्नुहोस् । यसको अलावा कन्सीलरको प्रयोगबाट पनि तपाई आफ्नो अनुहारको दाग धब्बा हटाउन सक्नुहुन्छ ।
४. सधै मिनरल मेकअप बेस प्रयोग गर्नुहोस् । ओइली त्वचाका लागि यो फाइदाजनक हुन्छ ।
५. ओइली त्वचाका लागि सबैभन्दा राम्रो यो पनि हो कि क्लिन्जिङ मिल्क तथा टोनर प्रयोग गरेपछि मेकअप गर्नुभन्दा अगाडि त्वचामा आइस (बरफ)ले मसाज गर्नुहोस् । यस्तो गर्नाले मेकअप धेरैबेरसम्म रहने छ भने त्वचमा तेलको ब्यालेन्स पनि रहन्छ ।