काठमाडौँ, १८ साउन - रक्षामन्त्री भीमसेनदास प्रधान र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई आज नेपाल नागरिक एकता समाजले बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ ।

समाजका अध्यक्ष सीताराम कार्कीले मन्त्रीद्वयलाई सम्मानपत्र प्रदान गरे । सोही अवसरमा मन्त्री प्रधानले साहित्य, शिक्षा, स्वास्थ्य, कर्मचारी प्रशासन, आर्थिक क्षेत्र, समाजसेवालगायत क्षेत्रमा लामो समयदेखि सेवा गरी अतुलनीय काम गर्नेलाई सम्मान गरे ।
सो अवसरमा वाणिज्य मन्त्री विश्वकर्माले नेपालको व्यापार घाटा रु नौ खर्ब रहेको बताउँदै व्यापार घाटा न्यूनीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए ।