२३ असार २०८३, मंगलबार

श्रीमतीलाई विष खुवाएर मार्न खोज्ने पक्राउ

कात्तिक २०, २०७४
श्रीमतीलाई विष खुवाएर मार्न खोज्ने पक्राउ


चरिकोट, १८ साउन - जिल्ला प्रहरी कार्यालय दोलखाले श्रीमतीलाई विष खुवाई मार्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।jail

प्रहरीले मंगलबार साँझ मादक पदार्थ सेवन गरी श्रीमती रोजी सुवेदीलाई मरणासन्न हुने गरी कुटपिट गरी विष खुवाइरहेको अवस्थामा भीमेश्वर नगरपालिका–२ का हरिप्रसाद सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

तरकारीमा लाग्ने किरा मार्न प्रयोग गरिने यनुमाइड किटनाशक औषधि खुवाई मार्न लागेको अवस्थामा रोजीको तत्कालै उद्धार गरेको र हरिप्रसादलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । छिमेकीले श्रीमतीलाई विष खुवाइरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले हरिप्रसादलाई पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
रोजीको अहिले काठमाडौंस्थित शुभेच्छा अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्