१० साउन २०८३, आइतबार

भारतीय राजदूत किन पुगे बालकोट ?, ओलीले गरे यस्तो कुरा

कात्तिक २०, २०७४
भारतीय राजदूत किन पुगे बालकोट ?, ओलीले गरे यस्तो कुरा

काठमाडौँ, १८ साउन - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।oli puri

भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजदूत पुरीसँग दुईदेशबीचको सम्बन्ध बिगार्न केही व्यक्ति सक्रिय रहेको बताएको ओलीको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

सम्बन्ध सुधारका लागि ओली र राजदूत पुरीबीच दुई देशको सम्बन्ध सुधार्नेबारेमा छलफल भएको थियो । छलफलमा ओलीले राजदूत पुरीलाई केही व्यक्तिले सम्बन्ध बिगार्न खोजे पनि राजनीतिक तह र जनस्तरमा भने सम्बन्ध राम्रो रहेको जानकारी गराएका थिए ।

राजदूत पुरीले ओलीलाई चुनावमा एमाले पहिलो दल भएकाले बधाईसमेत दिएको बताइएको छ । राजदूत पुरीले भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँस्थित दूतावासमा हुने समारोहको विशेष अतिथिका रुपमा निमन्त्रणा दिन बालकोट पुगेको बताइएको छ ।

समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि आउने र उनले पनि ओलीको सहभागिता खोजेकाले पुरीले निमन्त्रणा दिन पुगेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्