२४ जेठ २०८३, आइतबार

वीर अस्पताल अगाडि औषधि पसल रहेका टहरामा चल्यो महानगरको डोजर [फोटोफिचर]

वीर अस्पताल अगाडि औषधि पसल रहेका टहरामा चल्यो महानगरको डोजर [फोटोफिचर]

काठमाडौं महानगरपालिकाले वीर अस्ताल छेउछाउमा रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । महानगरभित्रका अनधिकृत र प्रयोजनविपरीत प्रयोग गरिएका भौतिक संरचना हटाउने अभियान थालेको महानगरपालिकाले बिहीवार वीर अस्पताल आसपासमा रहेको अवैध संरचनाहरू भत्काएको हो । 

महानगर प्रहरीको नेतृत्वमा रहेको टोलीले अवैध संरचना भत्काएको थियो । यसअघि महानगरपालिकाले त्यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरे पनि त्यसको पालना नभएपछि नगर प्रहरी आफैँ डोजर लिएर फिल्डमा निस्किएको हो । शुरूमा यो अभियानको नेतृत्व महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँले गरेका थिए । पछिल्लो समय नगर प्रहरीको नेतृत्वमा अवैध तथा प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने अभियान जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्