
मकवानपुरको भीमफेदी ११ घुम्तीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो ।
‘घटनास्थलमा ६ जनाको शव फेला पारेका छौं घाइतेलाई अस्पताल लगिएको छ’, उनले लोकान्तरसँग भने । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको उनले लोकान्तरलाई बताए ।
उक्त दुर्घटनामा थुप्रै जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । बस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।