०९ साउन २०८३, शनिबार

सभामुख र उपसभामुखको सेवा सुविधामा रोक लगाई पदमुक्त गराउन माग गर्दै सर्वोच्चमा रिट

सभामुख र उपसभामुखको सेवा सुविधामा रोक लगाई पदमुक्त गराउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई, अधिवक्ता जगन्नाथ दुलालसहितकाले उक्त रिट दर्ता गरेका हुन् । 

मंसिर ४ गते चुनाव घोषणा भएर राजनीतिक दलहरूले निर्वाचन आयोगमा बन्दसूची समेत पेश गरिसकेको अवस्थामा सभामुख पदमा अग्निप्रसाद सापकोटा तथा उपसभामुख पदमा पुष्पा भुसालले संविधानको धारा ९१ (६) (क) को मर्म र भावनाविपरीत आ–आफ्नो पदबाट राजीनामा नगरी राज्यलाई थप आर्थिक भार पारेको रिटमा उल्लेख छ ।

सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यको स्रोत–साधन तथा प्राप्त सुविधाहरू प्रयोग गर्नु संविधानमाथि निर्मम प्रहार र धोकाधडी भएको भन्दै त्यसमा पनि रोक लगाउन माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्