
रुकुम पूर्वको भूमे गाउँपालिका– ३ को खाराङ बगरमा बिहीवार अपराह्न भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुल्न सकेको छैन ।
काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा १७ जना सवार रहेको प्रहरीले जनाकारी दिएको छ ।