२३ असार २०८३, मंगलबार

पाेखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप, हालसम्मकै धेरै खेलाडी सहभागी

पाेखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप, हालसम्मकै धेरै खेलाडी सहभागी

पोखरामा बिहीवारदेखि ‘तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ शुरू भएको छ  । तेक्वान्दो संघ गण्डकीको आयोजनामा ६ देखि ९ असोजसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दोसहित जि–२ र्‍याकिङ तथा प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२ शुरू भएको हो । 

प्रतियोगितामा १३ देशका १४ सय २५ खेलाडीले भाग लिँदैछन् । प्रतियोगिता गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । दुई वर्षअघि हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण पछि धकेलिएको थियो । 

सिनियर र जुनियरतर्फ १४ देखि ६० वर्षमाथिको इभेन्टमा महिला पुरुष गरी विभिन्न तौल समूहमा खेल हुनेछ । पुम्सेतर्फ १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले बताए । 

प्रतियोगिताको लागि तेक्वान्दो महासंघको छाता संस्था वर्ल्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडेरेसन अध्यक्ष प्रोफेसर लिक्यू सिओकलगायतको विशिष्ट टोली पोखरामा छ । तेक्वान्दो संघ गण्डकी अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समिति सचिव जगन गुरुङका अनुसार एउटै खेलका लागि यति ठूलो संख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमै पहिलो हो ।

salt training

कमेन्ट गर्नुहोस्