
'हिन्दुत्व च्याप्टर वन : मै हिन्दु हूँ' शीर्षकको हिन्दी फिल्मको ट्रेलर बिहीवार सार्वजनिक भएको छ ।
करन राजदानले बनाएको यस फिल्ममा आशिष शर्मा, सोनारिका भदोरिया र अंकित राजको प्रमुख भूमिका छ ।
फिल्ममा भजन सम्राट् अनुप जलोटा, रामायणमा सीताको भूमिका निर्वाह गर्ने दीपिका चिखलिया र वरिष्ठ कलाकार गोविन्द नामदेव पनि छन् ।
भारतमा चलिरहेको हिन्दुत्वको लहर र त्यसको राजनीतिमा यो फिल्म केन्द्रित छ ।
यो फिल्म अक्टोबर ७ मा रिलीज गरिनेछ ।