२५ जेठ २०८३, सोमबार

परिचय पाटीको शुल्क बुझाउन महानगरपालिकाको आग्रह

परिचय पाटीको शुल्क बुझाउन महानगरपालिकाको आग्रह

काठमाडौं महानगरपालिकाले व्यवसायिक कम्पनीहरूले परिचयपाटी शुल्क नुबुझाएको भन्दै यथाशीघ्र बुझाउन आह्वान गरेको छ ।

शुक्रवार सूचना जारी गर्दै महानगरले केही व्यक्ति, संस्था तथा संघहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिएको परिचयपाटी राखेबापतको शुल्क नबुझाएको भन्दै ३० दिनभित्र बुझाउन सूचना जारी गरेको हो । 

सो अवधिभित्र शुल्क नबुझाएमा वा तोकिएको भन्दा ठूलो परिचयपाटी राखिएको पाइएमा महानगरले त्यस्ता परिचयपाटी तत्काल हटाउने समेत चेतावनी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्