१० साउन २०८३, आइतबार

गीतकार सुवेदी पुरस्कृत

गीतकार सुवेदी पुरस्कृत

गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ, दक्ष बनौँ’ गीतका लागि  पुरस्कृत गरिएको हो । 

उक्त गीत दुई वर्ष अघि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सहयोगमा नेपाली युवा–युवतीलाई स्वदेश तथा विदेश जहाँ रहे पनि सीप सिकेर मात्र आत्मनिर्भर बनी काम गर्नुपर्छ भन्ने चेतना जगाउन तयार पारिएको थियो । हरि लम्सालको सङ्गीत तथा स्वरका साथै उक्त गीतमा बहुचर्चित गायिका मेलिना राईसमेत साथ दिएकी छन् ।

जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न उक्त अवार्ड समारोहमा राष्ट्रिय भाव, सन्देशमूलक, पप, लोक, आधुनिक, चलचित्र गीत, अभिनय, छायाङ्कन, निर्देशन, सम्पादनसहित विभिन्न ५३ विधामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्