
गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बंशी राज दाहालको नाम सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सो पदमा बढुवा समितिको बिहीवारको निर्णयअनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक दाहाललाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी महानिरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव राजु अर्यालले जानकारी दिएका छन् ।
सो बढुवा सिफारिसमाथि चित्त नबुझे सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले ७ दिनभित्रमा बढुवा उपर उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने बताइएको छ ।
