
मकवानपुरमा बिहीवार भएको बस दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको पहिचान खुलेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरका मदन विक, वीरगञ्जका हृदयनाराण पञ्जियार, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, नुवाकोटका रघुराज न्यौपाने भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन ।
दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका छन् ।
बा ३ ख ७८५८ नम्बरको बस हिजो दिउँसो भीमफेदीको जुरिखेत नजिकै दुर्घटना भएको थियो ।