०२ असार २०८३, मंगलबार

पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले पैसा नदिएपछि हटाइएको ओलीको आरोप

कात्तिक २०, २०७४
पुनर्निर्माण प्राधिकरणका प्रमुख  ज्ञवालीले पैसा नदिएपछि  हटाइएको ओलीको आरोप
काठमाडाैं, २१ पुस- अध्यक्ष ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले हटाएकामा आपत्ति जनाएका छन् । 

अोलीले सरकारले भूकम्पपीडितको पुनःनिर्माणका लागि खासै काम नगरेको, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर उल्टै प्रमुखलाई पदमुक्तको अनुचित निर्णय गरेको आरोप लगाए ।

एमाले पार्टी कार्यालय धुुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सिइओ ज्ञवालीले सत्तापक्षका नेताहरुले विभिन्न तालिमका नाममा प्राधिकरणमा पैसा मागेको र ज्ञवालीले नदिएपछि उनलाई हटाइएको आरोप लगाए ।

ओलीले ज्ञवालीले पुनर्निर्माणका लागि रकम माग्दा सरकारले नदिएको र काम नगरेको आरोप लगाएको बताए । उनले प्राधिकरणका प्रमुखलाई हटाउने कानून नै नभएको जिकिर गरे । 

salt training

कमेन्ट गर्नुहोस्