२२ जेठ २०८३, शुक्रबार

चितवनमा पठाओको राइड सेयरिङ सेवा भोलिदेखि

चितवनमा पठाओको राइड सेयरिङ सेवा भोलिदेखि

असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा शुरू हुने भएको छ ।  

यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीवार मिति घोषणा गरेको हो ।

चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा  प्रदान गरिने बताइएको छ ।

यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् ।

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई  पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले  पठाओमा राम्रो आकर्षण छ ।’

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्