२२ जेठ २०८३, शुक्रबार

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र गर्न लागेको दाबी

असोज ७, २०७९
उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र गर्न लागेको दाबी

उत्तर कोरियाले केही दिनभित्रै नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न लागेको अमेरिकी थिंकट्यांक स्टिमसन सेन्टरले दाबी गरेको छ ।

भूउपग्रहीय तस्वीरलाई उद्धृत गर्दै स्टिमसनले बताएअनुसार, क्षेप्यास्त्र नयाँ पनडुब्बीबाट प्रक्षेपण गरिनेछ । 

पनडुब्बी बनाइएको स्थान नजिक ६ वटा पहिले नदेखिएका बार्ज र भेसलहरू देखिएकाले उत्तरले क्षेप्यास्त्र प्रक्षेपणको तयारी गरेको बताइएको छ । 

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरूलाई ठाडै उल्लंघन गरेको भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले बताएलगत्तै क्षेप्यास्त्र प्रक्षेपण तयारीको खुलासा भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्