०४ असार २०८३, बिहीबार

‘न्यूड सुपेरियर भोड्का’ बजारमा

‘न्यूड सुपेरियर भोड्का’ बजारमा

‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीवार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।

‘न्यूड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्रीजस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको कम्पनीको दाबी छ । 

‘न्यूड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१औँ शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको कम्पनीले बताएको छ । 

विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरूको बढी रुची देखिन्छ । नेपाली युवाहरू गतिशील छन् र केही न केही गुणस्तरीय एवं समसामयिक, मौलिक स्वाद मन पराउँछन् । त्यस्ता चाहनाहरूलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रूपमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको हो । 

अतिरिक्त स्मुथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पार्ने गरिन्छ ।

सतप्रतिशत स्थानीय सामग्रीहरू प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्र्सले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव नहुने कम्पनीको दाबी छ । भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन छ, ‘न्यूड सुपेरियर भोड्का’ पनि यसैगरी पिउन द नेपाल डिस्टीलरिजले सुझाएको छ । यसका अतिरिक्त यसलाई बरफमा राखेर पिउन सकिन्छ भने ककटेलहरूमा पनि प्रयोग गर्न सकिन्छ । 

यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको थियो । ‘न्यूड सुपेरियर भोड्का’को विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरूमा व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखलाहरू सञ्चालन गरिएका थिए । यो क्रममा सहभागीहरूले ‘न्यूड’को स्वादलाई औँधी रुचाएका थिए । 

स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले भने, ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्वीडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न ।’ 

थप प्रष्ट पार्दै उनले भने, ‘विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेय पदार्थ आयात गर्नुपर्ने बाध्यता हटी राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्‍याउने हाम्रो उद्देश्य हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्