२२ जेठ २०८३, शुक्रबार

डीभी परेर कक्षा १२ को सर्टिफिकेट नक्कली बनाएपछि...

डीभी परेर कक्षा १२ को सर्टिफिकेट नक्कली बनाएपछि...

काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिकलाजुङ गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाँटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेकी छन् । 

त्यस्तै स्याङजा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सविता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरजराज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् ।  

नेपालस्थित अमेरिकन दूतावासमा  ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको प्रहरीको दाबी छ । उनीहरूले भिसा प्रयोजनको लागि कक्षा १२ को नक्कली ट्रान्सकिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्यबहादुरलाई इलाका प्रहरी कार्यालय दमक झापा र इलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा पक्राउ गरेको थियो । उनीहरूलाई लिखतसम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्