०९ असार २०८३, मंगलबार

मन्त्रीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा

मन्त्रीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको धनगढी उपमहानगरपालिका ९, स्थित शिव निमावि देवरियामा कार्यरत एक शिक्षिकामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

अख्तियारले शुक्रवार शिक्षिका गीता सोडारीविरुद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । उनी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री दीर्घ सोडारीका पत्नी हुन् । 

गीताले राहत कोटातर्फ शिक्षक पदमा नियुक्त भई काम गरिरहेकी थिइन् । उनले भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेश गरेकी थिइन् । उक्त प्रमाण पत्र नक्कली रहेको, आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरेको, राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने बदनियत राखी भ्रष्टाचारजन्य कसूर गरेको अख्तियारको दाबी छ । 

गीताले परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भ्रष्टाचारको कसुर गरेको देखिएको भन्दै उनीविरुद्ध कैद सजाय र जरिबाना हुने मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्