२३ असार २०८३, मंगलबार

चलचित्र ‘छक्का पञ्जा’ ले युट्युबमा रेकर्ड बनायो, दीपकराजले दिए दर्शकलाई धन्यवाद !

कात्तिक २०, २०७४
चलचित्र ‘छक्का पञ्जा’ ले युट्युबमा  रेकर्ड बनायो, दीपकराजले दिए दर्शकलाई धन्यवाद !

काठमाडौं, १९ साउन – गत वर्षको चर्चित तथा विवादित चलचित्र ‘छक्का पञ्जा’ ले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । हलमा दर्शकको राम्रो प्रतिक्रिया पाएको चलचित्रले युट्युब रिलिजसँगै विरोधको पनि सामना गर्नुपरेको थियो ।

फिल्ममार्फत महिलालाई हेप्न खोजेको र गलत सन्देश दिएको भन्दै केही दर्शकले विरोध जनाएका थिए । चलचित्र पाइरेसी भएपछि  विदेशमा कतिपय शहरमा प्रदर्शन नहुँदै युट्युब रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’ राम्रो नभएको प्रतिक्रिया समेत थिए । अहिले भने चलचित्रले युट्युबमा चलचित्र ‘छक्का पञ्जा’ लाई करोड दर्शकले हेरेका छन् ।

दीपाश्री निरौलाले निर्देशन गरेको उक्त चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र विदेशिने युवाको कथावस्तुमा बनेको छ ।

लामो समयसम्म हलमा चलेको चलचित्रले युट्युबमा पहिलो चलचित्र करोड भ्युज पाउने चलचित्र बनेको हो । यसका गीत संगीतले भने पहिले नै राम्रो प्रशंसा पाएका थिए । आफ्नो चलचित्रले रेकर्ड बनाएकोमा अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमार्फत दर्शकले धन्यवाद दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्