०२ असार २०८३, मंगलबार

चीनको चेतावनीपछि भारतीय सेना डोकलामबाट हट्यो

कात्तिक २०, २०७४
चीनको चेतावनीपछि भारतीय सेना डोकलामबाट हट्यो

काठमाडौं, १९ साउन– भारत र चीनबीच केही समय यता भुटानसँग सीमा जोडिएको क्षेत्र डोकलामका विषयमा विवाद उत्पन्न भएको छ ।

सीमा क्षेत्रमा भारतीय सेनाको उपस्थितिलाई चीनले स्विकार गर्न नसकिने भन्दै तत्काल फिर्ता हुन चेतावनी दिँदै आएको थियो । उक्त चेतावनीपछि भारतीय सेना डोकलामबाट पछि हटेको चीनले दाबी गरेको छ ।

चीन सरकारले डोकलामबाट भारतीय सैनीकको संख्या घटाइएको दाबी गरेको छ ।

१५ पन्नाको एक दस्तावेजका साथ चीनको विदेश मन्त्रालयले दावा गरेको छ कि डोकलाम सीमामा जहाँ पहिला करिब ४ सय भारतीय सेनिक थिए अव त्यहाँ उक्त संख्या ४० को हाराहारीमा झरेको दाबी गरेको छ । 

भातरले चीनको यस दाबालाई अस्विकार गरेको छ । सरकारले चीनको विदेश मन्त्रालय द्वारा दिइएको जानकारी गलत भएको र दुवै देशका करिब ३ सय ५० देखि ४०० सैनिक एक अर्का विरुद्ध डटेका जनाएको छ ।


चीनको दस्तावेजमा भनिएको छ, ‘१६ जून २०१७ मा चीन डोकलाम इलाकामा सडक बनाइरहेको थियो । १८ जूनमा २७० भन्दा धेरै भारतीय सैनिक हतियार समेत दुइै बुल्डोजर लिएरु सिक्किम सेक्टसँगा डोकलाम नजिकको सीमा पार आए । भारतीय सैनिक सडक बनाउने काममा बाधा पु-याउनका लागि चीनको इलाकाको १०० मिटर भिन्त्र घुसेका थिए । एक समय वहाँ भारतीय सैनिकको उपस्थिति ४०० सम्म पुगेको थियो ।

दस्तावेजमा दावा गरिएको छ कि ‘भारतीय सैनिकले वहाँ तीन क्याम्प बनाएका थिए चीनको सीमामा १८० मिटरसम्म पुगेका थिए । जुलाईको अन्तमा वहाँ अहिलेसम्म ४० भारतीय सैनिक तथा एक बुल्डोजर अवैध तरिकामा चीनमो सीमामा छ ।’

चीनको दाबीको विपरित भारतले भारतीय सेनामा करिब ३५० जवान विगत ६ हप्तादेखि डोकलाममा डटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्