
काठमाडौं, १९ साउन – हास्य टेलिश्रङ्खला 'मेरी बास्सै' का बल्छी धुब्रे (मरिचमान श्रेष्ठ) र बिम्ली (सुशीला निराैला) को अभिनय रहेको तीज गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।
‘अब त म पनि जग्गा दलाल बन्छु’ बोलको गीतमा रविन छामिछाने र सीता श्रेष्ठको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत रविन छामिछानेकै रहेको छ ।
गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।