१२ असार २०८३, शुक्रबार

आज र भोलि नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

आज र भोलि नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

आइतवार र सोमवार कन्काई, कर्णाली र महाकाली नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । 

बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै आइतवार र  सोमवार  नदीमा बहाव उल्लेख्य गर्ने पूर्वानुमान गरिएको जनाएको हो । 

आज झापा, कञ्चनपुर, डडेलधुरा लगायत विभिन्न जिल्ला भई बहने नदीहरूमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज झापा, कञ्चनपुर, डडेल्धुरा,  इलाम, पाँचथर, मोरङ, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, उदयपुर, मकवानपुर, धादिङ, नुवाकोट, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया लगायतका जिल्ला भई बहने नदीहरूमा बहाव बढ्ने सम्भावना छ ।

यस्तै कैलाली, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा र आसपास भई बहने केही नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाले उल्लेख गरेको छ । 

महाशाखाले यी  नदी  आसपास र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्